
तिलोत्तमा, पौष २७।जागृति टोल बिकास सस्था, तिलोत्तमा -२ ले केहिदिन अघि आफ्नो तेस्रो अधिबेसन तथा पाचौ साधरण सभामा आफ्नो टोलका सम्पुर्ण जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। कार्यक्रमममा ज्येष्ठ नागरिकको सुस्वास्थको कामना गर्दै मायाको चिनो सहित दोसल्ला ओढाएर बिशेष सम्मान गरेको थियो!
आफ्नो स्वास्थ अवस्थाले उक्त कार्यक्रममा उपस्थित हुन नसक्नु भएका जेष्ठ नागरिकहरुलाइ आज उहाकै निवासहरुमा गएर सम्पुर्ण कार्यसमिति सल्लाहाकार तथा अतिथिहरुको उपस्थितिमा टोलका जेष्ठ नागरिकलाइ विशेष सम्मान गरिएको सचिव इन्द्रमणि अर्यालले बताउनुभएको छ! सस्थाको यस्तो कार्यप्रति सम्मानित ब्यक्ति तथा सम्बन्धित परिवारले खुशी ब्यक्त गर्नुभएको थियो!
कमेन्ट गर्नुहोस्