लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शान्ति र समृद्धिका लागि सञ्चार अभियान’ लुम्बिनीबाट उद्घोष

IMG

तिलोत्तमा,पौष १७ गते।गौतमबुद्धको  विचारदर्शन, शान्ति र समृद्धिको क्षेत्रमा कलम चलाउने नेपालको बौद्ध सर्किट रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरुको २०८१ पौष १७ ( १ जनवरी २०२५) बुधबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा सम्पन्न प्रथम भेलाले ‘शान्ति र समृद्धिका लागि सञ्चार अभियान नेपाल’  नामक संस्था गठन  गरेको  छ  ।


भेलाले ‘शान्ति र समृद्धिको लागि सञ्चार अभियान नेपाल’ को संयोजकमा डा. बालकृष्ण चापागाईलाई चयन गरेको छ । संयोजक डा. चापागाई नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका पूर्व कार्यकारी अध्यक्ष समेत हुन् । डा. चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार’  विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् । यसैगरी अभियानको सहसंयोजकमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष मनोज पौडेल चयन भएका छन् । कान्तिपुर दैनिकका उपसम्पादक समेत रहेका पौडेल लुम्बिनी  क्षेत्रबाट बौद्ध धर्मदर्शन र बुद्धभूमिको प्रचारप्रसारमा  दशकौदेखि कलम चलाउँदै आएका छन् ।


यसैगरी अभियानका सदस्यहरुमा पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली, पूर्व अध्यक्ष हरि शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष  नरेश केसी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, सञ्चारिका समूह रुपन्देहीका महासचिव छायाँ पन्त,  रासस प्रतिनिधि  रामविकास चौधरी, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व सचिव विनोद परियार, पत्रकार लक्ष्मण पोखरेल, नेपाल पत्रकार  महासंघ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाई, पत्रकारहरु  सुमित्रा चापागाईं, दिलिप कुमार यादव, मोहन पौडेल, पुनहरि बेलबासे, अनिल कुमार माली, प्रल्हाद यादव, टक सुनार र अनिल कुमार तिवारीलगायत चयन भएका छन् ।


अभियानले बौद्धदर्शनको प्रचारप्रसार, खोज  तथा अनुसन्धानात्मक रिपोर्टिङ  गर्नुका साथै शान्ति र समृद्धिको लागि सञ्चार क्षेत्रबाट पहलकदमी लिने संयोजक  डा. चापागाईले बताए ।अंग्रेजी नयाँ वर्ष – २०२५ को पहिलो दिनको अवसर पारेर विश्वभरि शान्तिका अग्रनायकका रुपमा सुप्रसिद्ध गौतमबुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर र पुस्करणी पोखरीको छेउमा बसेर सम्पन्न गरिएको  यो ऐतिहासिक भेलाले गरेको निर्णयले सार्थकता पाउने विश्वास लिईएको छ ।

कमेन्ट गर्नुहोस्