
तिलोत्तमा सिटी, २०८१,मंसिर २० गते । तिलोत्तमा १५ कोटिहवामा आज नेपाल भारतमैत्री संगठन जिल्ला शाखा रुपन्देहिका पदाधिकारी गठन भएका छन। नेपाल भारत सम्बन्ध सुमधुर साथै जनता जनता बिच प्रत्यक्ष साझेदारीको रुपमा यस संगठनले कार्य गर्ने गर्दछ । यो नेपाल भारत दुवै देशका विभिन्न स्थानमा गठन भइ करिव १२ वर्ष देखि काम गर्दै आएको संगठन हो। भारतमा रहेका नेपालिहरुलाइ सहयोग तथा उद्दार कार्य लगायत कुटनितिक, संस्कृतिक विभिध पक्षमा यस संगठनले सहयोग पुर्याउँदै आएको संगठनका अन्तराष्ट्रिय अध्यक्ष अनुप कुमार सिंहले बताउनुभयो।
नेपालका सास्कृतिक तथा पर्यटकिय स्थलको भ्रमणका लागि भारतिय पर्यटकको आगमनका लागि सहजता साथै प्रचारप्रसारमा पनि संगठनले महत्वपुर्ण भुमिका खेलेको संगठनका अन्तराष्ट्रिय महासचिव सम थापाले बताउनुभयो। साथै नेपालमा पर्यटकिय स्थलहरुको कमि नरहेको र नेपालको विकासका लागि पर्यटनको विकास अपरिहार्य रहेको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रमका अध्यक्ष तथा अन्तराष्ट्रिय कमिटि सदस्य श्याम खरेलले रुपन्देही बोर्डरको जिल्ला रहेकाले यहाँ दुइ देशको सहकार्य हुन जरुरी रहेको साथै यसबाट दुवै देशका नागरीकहरुमा अपनत्वको भावना विकास हुने पनि बताउनुभयो।
संगठनले आइपरेका कार्य गर्न नहिचकिचाउने साथै शिक्षा क्षेत्रको विकासलाइ प्राथमिकतामा राख्ने नेपाल भारतमैत्री संगठन रुपन्देहिका अध्यक्ष युवराज पाण्डेले बताउनुभयो। संगठनको गठनमा अध्यक्ष युवराज पाण्डे, उपाध्यक्ष गणेश उपाध्याय , सचिव नारायण भट्टराइ, सहसचिव सुनिल कुमार गुप्ता, कोषाध्यक्ष कमला गौतम , सदस्यहरुमा शोभाखर चापागाइ, माया काउचा,ई.उमेश कंडेल, सरिता शर्मा , सुमित्रा घिमिरे सुवेदि,रतन भण्डारी रहेका छन। कार्यक्रमा विभिन्न करिव ३० जनाको उपस्थिति रहेको थियो भने समाजसेवि भद्र भलादमि व्याक्तिहरुको पनि उपस्थिति रहेको थियो। संगठनले दुवै देशमा रहेका जनतालाइ आवस्यक पर्दा खोजि कार्य , व्यापारीक सहजता , राजनितिक अफ्ठ्याराहरु सुल्झाउने, साथै अन्य अफ्याराहरु परेको खण्डमा सहयोग कार्य गर्दै आएको छ।
कमेन्ट गर्नुहोस्