लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाको प्रथम चौमासिक प्रगति समिक्षा सम्पन्न,योजनाको उत्कृस्ट शुरुवात

IMG

तिलोत्तमा, १९ मंसिर २०८१। तिलोत्तमा नगरपालिका,रुपन्देहीले आर्थिक बर्ष ०८१/०८२ को नीति,योजना तथा कार्यक्रमको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरले तिलोत्तमाको आफ्नै सभाहलमा आयोजना गरेको प्रगति समिक्षा कार्यक्रममा नगर कार्यपालिकाका सदस्य,बिषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरूबाट प्रमुख तथा प्रतिनिधिहरुबाट गत प्रथम चौमासिक प्रतिबेदन सहित भए गरेका कार्यहरुमाथि घनिभूत छलफल तथा अन्तरक्रिया गरि नगरपालिकामा शुरु भएका योजना तथा चौमासिक प्रगति प्रस्तुत गरिएको थियो ।


सो समिक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाको समग्र बिकासका लागि कर्मचारी र जनप्रतिनिधी मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो। नगरपालिकाले सारेका आयोजनाहरुको समयमै काम सम्पन्न गर्नेमा आफुहरु बिश्वस्त रहेको बताउदै सबै योजना समयमै सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो। हाल सम्म भएका कार्यहरुको सुची हेर्दै नगर प्रमुख खाणले खुसी ब्यक्त गर्दै कर्मचारी र जनप्रतिनिधी एक सिक्काका दुईपाटा भएकोले जनताको सेवकको रुपमा छिटो छरितो, विश्वसनीय तरिकाले समयमै बिनाझनझटिलो कार्य सम्पादन गरेमा मात्र जनप्रतिनिधीको चाहना र देशको समृद्धिको खुड्किलो पुरा हुने कुरा बताउनुभयो।


सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरको समृद्धिका लागी सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले नगरका  हरेक गतिबिधिलाई  जनताको नजिक लैजानुपर्ने र बिकाससंग जोड्नुपर्ने उल्लेख गर्दै  जनप्रतिनिधि र कर्मचारी हरेक बिषयमा मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो। हालसम्मको नगरपालिकाको समग्र कार्य निकै उत्कृस्ट रहेको दावी गर्दै  प्रमुख प्रशासकीय अधिकृत अर्यालले जनतालाई सेवा दिने पक्षमा र बिकासको सिंगो खाका कोर्ने कुरामा कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो। 


जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कार्यालयको समग्र आय व्यय र योजना तथा बिकाश निर्माण र सेवा प्रबाहको अबस्थाबारे बिश्लेषण गर्नुभएको थियो भने बिषयगत शाखा प्रमुखहरुले आ आफ्ना शाखा मार्फत भए गरेका कार्यहरुको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रशासन योजना तथा अनुगमन शाखा अधिकृत माधव प्रसाद पोखरेलले गरेका थिए।

कमेन्ट गर्नुहोस्