
मङ्सिर ४ गते, तिलोत्तमा। रुपन्देही आसपासका साईक्लिस्टहरुको सक्रियतामा नेपालमै पहिलो पटक साईक्लिङ्गका लागि हिल साइड ट्रयाक निर्माण गर्दै छन्। लगभग तयारि पुरा भएको ट्रयाकमा अब नेपालमैअ सबैभन्दा ठुलो प्रतियोगिता समेत हुदैंछ। बुटवल र देवदहको सिमाना पर्ने चरंगेबात उत्तरमा करिव १५ किलोमिटर निर्माणाधिन ट्रयाकमा साइकल रेस प्रतियोगिता गर्ने तिलोत्तमा राइडर्सका सचिव पबन दमासेले बताउनुभएको छ।
अर्का साइक्लिस्ट पुकार थापाका अनुसार ३ महिना अगाडीबाट सो स्थानमा ट्रयाक निर्माण गर्ने कार्य गरिरहेको र अब छिट्टै पुरा हुने समेत बताउनुभएको छ। यस क्षेत्रका साइक्लिस्टहरुले आफ्नै खाजा खर्च कटाएर निर्माण गरिन लागेको ट्रयाक निर्माणमा सबैको सहयोगको लागि व्यक्ति, संघ संस्था र उद्योग तथा व्यापारिक क्षेत्रलाई आग्रह समेत गरेका छन्।
कमेन्ट गर्नुहोस्