
तिलोत्तमा ,कार्तिक १७।नेपालीहरूको महान् चाड तिहारको चौथो दिन शनिबार गाई पूजा गरेर मनाइएको छ । घरमा गाई पाल्नेहरुले घरमै र घरमा पुजा गरेरा या घरमा गाई गोरु नहुनेहरुले तिलोत्तमाको गौशालामा गई गाईको पूजाआजा गर्ने गर्दछन।आज तिलोत्तमा गौशालामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृहमन्त्री माननीय बालकृष्ण खाण सहित शिर्ष नेताहरु तथा गौशाला आश्रमका बटुक स्थानिय समाजसेवी राजनीतिज्ञ, बुद्दिजीवीहरुले गाई र गोवर्धन पूजा गरेका छन् । गाईको गलामा फूलको माला र टाउकोमा टीका लगाएर नैवेद खाना दिएर पूजा गरिएको छ ।
कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । आज गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।गाईको पूजा गरी आजका दिन मीठा-मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।
कमेन्ट गर्नुहोस्