
तिलोत्तमा, १४ कार्तिक २०८१। तिलोत्तमा नगरले साफ महिला च्याम्पियनसिपको आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल देखाउने व्यवस्था गरेको छ । नगरले फाइनल खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन रहेको र खेल र खेलाडीको समर्थनमा नगर परिसरको प्रसासनिक भवन अगाडिको तिलोत्तमा आइटि पार्कमा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
तिलोत्तमा नगरले खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका लागि प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि सो स्थानमा स परिवार आउन फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ । सो स्थानमा शित्तल जल र आकर्षक पार्क, सेल्फिजोंन, पर्यटकीय बोर्ड समेत रहेको छ। यस अघि तिलोत्तमा नगरले फुटब; क्रिकेट तथा भलिबल खेल समेत देखाउदै आएको छ।
कमेन्ट गर्नुहोस्