तिलोत्तमा, भदौ १७ गते २०८१। बुटवलमा रुपन्देहीमा जबरजस्ती करणीको आरोपमा कोटहीमाई गाउँपालिकाका दुई कर्मचारी सहित ३ जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित पक्षको उजुरीको आधारमा प्रहरीले शनिवार उनीहरुलाई पक्राउ गरेको हो ।‘हिजो ३ जना विरुद्ध जाहेरी दर्ता भएको थियो । सोही जाहेरीका आधारमा हिजो नै ३ जनालाई पक्राउ गरेका छौँ ।’–जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहर प्रसाद भट्टराई भने । घटनाका विषयमा व अनुसन्धानमै रहेको कारण उनले आरोपितको नाम भने खुलाएनन् ।
पिडित नाबालिक रहेको र उनलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पिडित पक्षको आरोप छ ।श्रोतका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी ३२ वर्षिय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा ३५ वर्षिय छोरा बंटी भन्ने शैलेश पाण्डे रहेका छन् ।
कमेन्ट गर्नुहोस्