लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पानी नपर्दा तिलोत्तमाका किसान चिन्तित

tillotmacitynews - 2024 Jun 24 07:10 PM
IMG

तिलोत्तमा सिटी,२०८१ असार १० गते। तिलोत्तमामा अहिलेसम्म वर्षात् सुरु नहुँदा रोपाइँ गर्न निकै समस्या हुन लागेको हो । असार पहिलो सातासम्ममा धान रोपाइँमा तिलोत्तमाका किसानहरू फाट्टफुट्ट व्यस्त देखिए पनि माना रोपेर मुरी फलाउने किसानहरू भने थप समस्यामा परेका छन् । किसानहरूको खेतमा रोपेको धान पनि र धानका बेर्ना पनि सुक्न थालेका छन् । पानी नपर्दा डिजेल प्रयोग गरेर पम्पसेटबाट सिँचाइ गर्नुपर्ने बाध्यता भएको तिलोत्तमा १४ का झिन्काले बताउँछन । पानी नपर्दा खेतमा निकै मेहेनत गरेर रोपेको धान पनि सुक्न थालेका छन् ।


तिलोत्तमाका अधिकांश किसानहरू आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गर्दछन् । तर, असारको पहिलो सातासम्म पनि मनसुन सुरु नहुँदा यहाँका किसानहरू आकाश हेरेर बस्नुपर्ने बाध्यता छ । यसपालिको धान रोपाइँ गर्न निकै महँगो परिरेहको जनक चौधरीको गुनासो छ । पानी नपर्दा छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सकिन लागेको छ । मनसुन छिट्टै सुरु हुन लागेकोले धान रोपाइँ पनि छिटो नै गर्ने सोच बनाएको किसानहरूको अहिले मनसुन कुरेर बसेका छन् ।  “सरकारले कहिल्यै किसानका समस्याबारे केही बोल्दैन । यसपालि रोपाइँमा लागत खर्च बढ्ने भयो, मलको अभावमा किसानको मिहिनेत धेरै भयो उत्पादन नभएपछि खर्च पनि नउठ्दैन ।” तिलोत्तमाका किसानको पीडा छ । 


समयमा धान रोपाइँ गर्न नसक्दा उत्पादन पनि कम हुने चिन्ता किसानलाई परेको छ । सरकारले कृषिमा अर्बाैको लगानी गरेको भए पनि खेतमा अझ पनि पानी पुग्न नसकेको किसानहरू बताउँछन् । 

कमेन्ट गर्नुहोस्