लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडा नम्बर-५ द्वारा नि:शुल्क स्वास्थ्य शिविर आयोजना

IMG

तिलोत्तमा,२०८० चैत्र १७ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-५ को आयोजना तथा निता पोलिक्लिनिकको प्राबिधिक सहयोगमा वडा कार्यालय परिसरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। ज्येष्ठ नागरिक तथा स्वास्थ्यको नियमित चेकजांच गर्ने बानीइ बसाउन एबम वडाका आर्थिक अभाव भएका गरिब तथा विपन्न व्यक्तिहरु अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको वडाअध्यक्ष रमेश डुम्रेले बताउनुभएको छ। वडाले नियमित रुपमा स्वास्थ्यपरिक्षण सहित औषधी परामर्श र औषधी समेत बितरण गर्ने गरी नि:शुल्क स्वास्थ्य शिविर गरिएको अध्यक्ष डुम्रेले बताउनुभयो। जसबाट रोगको पहिचान भई समयमै उपचार हुँदा बिरामी चाँडै निको हुने र शिविरमा आउने नागरिकलाई कुनै समस्या हुन नदिन नियमित चेकजाँचका लागि समेत आग्रह गर्नुभएको छ। 


सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले नगरले वडाबासीको सुबिधाको लागि भौतिक पूर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिएको भनाइ राख्नुभएको थियो ।स्वास्थ्यका बारेमा सदैव चनाखो बन्नु पर्ने भन्दै नगरप्रमुख खाणले नियमित स्वास्थ्य चेक जांचले समग्र नगर स्वस्थ बन्न टेवा पुग्ने बताउनुभयो।सो अवसरमा स्वागत गर्दै वडा सदस्य हरि पन्थले स्वास्थ्य शिविरलाई निशुल्क भन्दैमा सामान्य रुपमा जनताले लिएको प्रति गुनासो गर्नुभएको छ।  त्यही डक्टरलाई अस्पतालमा चेक गराउदा लाग्ने पैसा बचत हुने हुनाले निशुल्क डाक्टर औषधी परामर्श उपचार चेकजाँच हुने शिविरमा उपस्थित भएर स्वास्थ्य परिक्षण गरि लाभ लिन सबै वडा बासिहरुमा आग्रह समेत गर्नुभयो। 


निता पोलिक्लिनिकको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ८ किसिमका रोगहरुको विशेषज्ञ डक्टरबाट सुगर, प्रेसर, क्षयरोग, बालरोग, यौनरोग, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी, आँखा, दन्त, हाडजोर्नी र फिजिसियनलगायतका सेवा उपलब्ध गराइएको वडाको स्वास्थ्य शाखाका गणेश भण्डारीले जानकारी दिए । शिविरमा आएका बिरामीलाई नि:शुल्क औषधिसमेत वितरण गरिएको थियो । सो अवसरमा वडाका निबर्तमान अध्यक्ष चेतनारायण भण्डारी, निता पोलिक्लिनिकका रामप्रसाद ढकाल, टोल बिकासका प्रतिनिधी, विभिन्न सामाजिक व्यक्तित्व तथा वडावासीहरुको उपस्थिति रहेको थियो। शिविरमा झण्डै ३ सय ५० व्यक्तिले स्वास्थ्य चेकजाँच गराएका थिए । स्वास्थ्य शिविर कार्यक्रमको औपचारिक संचालन वडा सचिव हरि खतिवडाले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्