
तिलोत्तमा,२०८० फाल्गुण ५ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका- ६ स्थित आनन्दबन स्वास्थ्य चौकीमा भिडियो एक्सरे तथा एक्सरे सेवा सञ्चालनमा आएको छ । तिलोत्तमा-१० को सेमराबजारमा सो सेवा शुरु भएको१६ महिना पछि तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले शुक्रबार एक समारोहबीच भिडियो एक्सरे तथा एक्सरे सेवाको उद्घाटन गरेका हुन् ।सो कार्यक्रममा नगर प्रमुख खाँणले भिडियो एक्सरे तथा एक्सरे सेवा सञ्चालनमा आएसँगै स्थानीयलाई राहत मिलेको बताए ।
आनन्दबन स्वास्थ्य चौकीमा यो सेवा सुरु भएसँगै अब बिरामीलाई बुटवल र भैरहवासम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने उनले बताए । नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले आफ्नो सेवा सुबिधाको रकम र सिलिङ्ग बजेट मार्फत सो उपकारण व्यवस्थापन गरी सञ्चालनमा ल्याएका हुन्। आनन्दबन स्वास्थ्य चौकीलाई १५ शय्या क्षमताको अस्पतालको रुपमा स्तरोन्नति गर्नका लागि नगरपालिकाले निर्माण अन्तिम चरणमा पुर्याएको अध्यक्ष गणेश पाठकको भनाइ छ ।पाठकले १५ शय्या क्षमताको अस्पतालको निर्माण सम्पन्न गर्न आफूले निरन्तर पहल गर्ने बताए।
यसअघि सेमराबजार स्वास्थ्यचौकीमा सेवा सञ्चालन गरिएको छ। नगरपालिकाले यी दुवै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ।स्वास्थ्यचौकीमा भिडियो एक्सरे सेवा नहुँदा गर्भवतीहरू निजी अस्पताल धाउनुपर्ने बाध्यता रहेको वडाध्यक्ष पाठकले जानकारी दिए। निजी अस्पताल र क्लिनिकहरूले १ हजार ३ सय ५० देखि १ हजार सात र लुम्बिनी प्रादेशिक अस्पतालले सात सय ५० रुपैयाँ भिडियो एक्सरेको शुल्क लिने गर्छ। तर, आफूहरूले ६ सय ५० रुपैयाँ मात्र शुल्क निर्धारण गरिएको पाठकले बताए।
कमेन्ट गर्नुहोस्