लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यायिक समिति र मेलमिलाप कर्तालाई प्रशिक्षण गर्दै तिलोत्तमा नगरपालिका

IMG

तिलोत्तमा,२०८० फाल्गुण ३ गते।न्यायिक समिति र मेलमिलापकर्तालाई तिलोत्तमा नगरपालिकाले प्रशिक्षण थालेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्ना स्थानीयतहका मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीहरुलाई न्याय तथा मेलमिलाप सम्बन्धी कानुनी प्रशिक्षण दिनशुरु गरेको हो। बुधबार देखि शुरु भएको तालिम शुक्रबार सम्म चल्ने न्यायिक समिति शाखा प्रमुख शोभा खनालले बताउनुभयो।


पछिल्ला समयमा स्थानिय स्तरमा विभिन्न खाले घटनाहरू घट्ने तर सङ्घीयता पछि स्थानीयतहमा नै मेलमिलाप र न्यायिक समितिले न्याय दिने बेलामा अझैपनि जिल्ला प्रशासन,प्रहरी र अदालतमा पुग्नुपर्ने बाध्यता रहेकोले स्थानीयतहका न्यायिक समिति र मेलमिलापकर्तालाई सक्रिय बनाउन प्रशिक्षणको थालनी गरेको तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जानकारी दिनुभयो। न्यायिक समिति र मेलमिलापकर्ताहरूलाई जिम्मेवार बनाउन हरेक बर्ष जस्तै यस बर्षपनि प्रशिक्षण गराउन लागेको र नगरपालिकाले अझै पनि न्यायका बारेमा कानुनी व्यवस्था बारे अन्योल रहेकोले यो प्रशिक्षणबाट न्यायिक समिति र मेलमिलापकर्ता प्रष्ट हुनेमा उपप्रमुख चौधरीले विश्वास व्यक्त गर्नुभयो।


बुधबार र बिहिबार गरि हरेक दिन न्यायिक समिति , वडा सचिव, मेलमिलापकर्ता लगायत ५० जनाको सहभागिता रहेको तालिममा सहभागीहरुले कानुन सम्बन्धी कुरा बुझ्न पाउदा खुसि व्यक्त गरेका छन्।न्याय तथा मेलमिलाप सम्बन्धी प्रशिक्षण पश्चात् हरेक वडा तथा नगरमा हुने साना देखी ठुला घटनाको कानुन सङ्गत रूपमा मिल्ने मेलमिलाप तथा न्याय दिलाउने काम स्थानीय सरकारले गर्ने विश्वास धेरैको रहेको छ।

कमेन्ट गर्नुहोस्