
तिलोत्तमा, माघ २३ गते २०८०। बुटवल प्रहरीले आज पनि नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाईनबाट बरामद गरिएको भन्सार छलेर नेपाल भित्राइएको २ हजार केजी माछा बरामद गरि नष्ट गरेको हो ।विशेष सूचनाका आधारमा हाटबजारको बुटवल सिद्धार्थ क्याम्पस अगाडि शंकास्पद अवस्थामा रोकी राखेको लु २ च ३३२९ नंको बलेरो गाडी चेक जाँच गर्ने क्रममा गाडी भित्र लुकाई छिपाई राखेका अबैध बैखि जातको माछा २ हजार किलो फेला परेको प्रहरीले जनाएको छ ।
अबैध मरेको माछा रितपुर्वक बरामदगरी माछा ओसार पोसार गर्ने कपिलबस्तु कपिलबस्तु नगरपालिका वडा नं १ बस्ने बर्ष २३ को शिव कुमार यादब र बुद्धभूमी नगरपालिका वडा नं।२ बस्ने बर्ष ३४ को सजहार पखियालाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागीभैरहवा भन्सार कार्यालय पठाईएको बुटवल प्रहरी प्रमुख विजयराज पण्डितले बताए ।त्यसैगरि प्रहरीले आजै बुटवल उपमहानगरपालिका वडा नं ५ अमरपथबाट सियारी गाउपालिका वडा नं। ७ बस्ने बर्ष ३२ को प्रदिप केवटले चलाएको लु ६ प ४२०३ नम्वरको मोटरसाईकलमा भन्सार छलेर नेपाल ल्याइएको भेल्बटको ५ रोल ९१०६ मिटर० कपडा बरामद गरेको छ । मोटरसाईकल चालक केवटसहित बरामद मोटरसाइकल र कपडा भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्