लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मोक्षधाम मार्ग शिलन्यास कार्यक्रम सम्पन्न

tillotmacitynews - 2024 Jan 22 09:07 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ८ गते । तिलोत्तमा नगरपालिकाद्बारा संचालित एक वार्ड एक किलोमिटर बाटो कालोपत्रे आयोजना अन्तर्गत तिलोत्तमा वडा नं ६ को मोक्षधाम मार्ग बाटो कालोपत्रेका लागि आज शिलन्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त शिलन्यास कार्यक्रममा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण , नगर उपप्रमुख जागेश्वर देवि चौधरी, वार्ड नं ६ का वडा अध्यक्ष गणेश पाठक, वार्ड नं १३ का वडा अध्यक्ष नारायण ढकाल  लगायतका व्याक्तित्वहरुको सहभागिता थियो ।  


तिलोत्तमा नगरपालिकाको स्वर्णिम योजना अन्तर्गत १७ ओटा वडामा १७ किलोमिटर , १७ करोडको बाटो बनाउने, केहि विधालयहरु पनि निर्माण गर्ने योजना रहेको साथसाथै मोक्षधाम धार्मिक स्थल रहेकाले पनि उपयुक्त रहेको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । विकास कार्य एकैचोटि नहुने र थोरै थोरै गरेर सुरुवात गरे अवस्य विकास हुने भएकाले यस्ता आयोजना सञ्चालन गरेको पनि जानकारी दिनुभयो ।   


कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वर देवि चौधरीले यस्ता निर्माण कार्य हुँदा सबै नागरिकले काम भएनभएको निगरानि गर्ने , सामाग्रि प्रयोगको पनि निगरानि गर्नुपर्ने साथै नगरपालिकाले आउने दिनहरुमा यस्तै कार्यहरु गर्ने  बताउनुभयो ।  काम समयमै सम्पन्न गर्ने र इस्टिमेट अनुसारका सामाग्रिको प्रयोगमा जोड दिन पनि उहाँले आग्रह गर्नुभयो ।  


 

कमेन्ट गर्नुहोस्