
तिलोत्तमा सिटी,असोज २२ गते। सोमबार शंकरपुर् चोकदेखि महिला चालक इन्द्रकला श्रेष्ठले हाँकेको अटो चढेर तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल सहित कार्यपालिका सदस्य सुरेन्द्र श्री र एकजना सेवाग्राही चढेर नगरपालिका पुगेका छन्। नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा संचालन गर्न आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरीएको छ । नगरपालिकाले शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि निःशुल्क अल्टो संचालनमा ल्याएको हो ।निःशुल्क अटोरिक्साको सोमबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वदेवी चौधरीले अटो रिक्सा साँचो महिला चालक इन्द्रकला श्रेष्ठलाइै हस्तारन्तरण गरेर शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले भौतिक र मानवीय विकास मात्रै नभई नगरवासीहरु पनि सेवा दिनका लागि निःशुल्क अटो रिक्सा संचालन गरिएको बताए । नगरपालिका र सेवाग्राही एकै सिक्का दुई पाटा भएकाले तिलोत्तमा नगरपालिकाले सकेसम्मका सेवाहरु नगरबासीलाई प्रदान गर्ने बताए ।
कमेन्ट गर्नुहोस्