लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दैलेखमा चट्याङ लागेर एक जनाकाे ज्यान गयाे, १६ जना घाइते

tillotmacitynews - 2023 Sep 15 10:53 AM
IMG

तिलोत्तमा सिटी, २०८० भाद्र २९ गते ।  दैलेखमा चट्याङ लागेर एक महिलाकाे ज्यान गएकाे छ । १६ जना घाइते भएका छन् । गएराति चट्याङ लागेर महाबु गाउँपालिका-१ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह विष्टले जानकारी दिनुभयो ।घरमै भान्साको काम गरिरहेको बेला चट्याङ लागेर घाइते हुनुभएकी खत्रीको अस्पतालमा उपचारका क्रममा ज्यान गएको  हाे ।आआफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर खरिगैराका अरु १६ जना घाइते भएका हुन् । 


उनीहरुको  दैलेख अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते आठ जनालाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको र एक जनाको दैलेख अस्पतालमा उपचार चलिरहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताउनुभयो । पाँच जना उपचारपछि घर फर्किएका छन् ।यस्तै, डुङ्गेश्वर गाउँपालिका–६ लटाली गाउँमा चट्याङ लागेर गम्भीर घाइते भएकी २६ वर्षीया रेखा बुढालाई कर्णाली प्रदेश अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्