लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१५ असोजदेखि कम्पनी दर्ता अनलाइनबाटै

tillotmacitynews - 2023 Sep 12 11:28 AM
IMG

तिलोत्तमा सिटी, २०८० भाद्र २६ गते । कम्पनी दर्ता सम्बन्धी सबै काम १५ असोजदेखि अनलाइनबाटै हुने भएको छ ।कम्पनी दर्ता, नवीकरण जस्ता सेवा अनलाइनबाटै दिने घोषणा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको थियो । बजेट लगत्तै सुरु भएको सफ्टवेर निर्माणले एक खालको आकार पाएपछि १५ असोजदेखि कम्पनी दर्ताको काम अनलाइनबाट थालनी गर्न लागिएको कम्पनी रजिष्ट्रार महेश बरालले जानकारी दिए ।‘सफ्टवेयरको अन्य काम भइरहेका छन्, तत्कालका लागि कम्पनी दर्ता भने १५ असोजदेखि गर्न सकिने अवस्था छ,’ बराले भने, ‘यसको तयारीका लागि कम्पनीहरु र कार्यालयको तर्फबाट काम भइरहेको छ ।’


कम्पनी दर्ता र नवीकरणसमेत अनलानबाट गर्ने आवश्यक तयारीका लागि कम्पनीसँग सरोकार राख्ने सबैका लागि सूचना जारी गरिएको पनि रजिष्ट्रार बरालले बताए ।कम्पनीका कामहरु सबै अनलाइनमार्फत गराउन आवश्यक कागजात र डिजिटल हस्ताक्षर बुझाउन पनि कार्यालयले आग्रह गरेको छ । कम्पनीका कतिपय कामहरु भौतिक रुपमै हुने भए पनि तिनले पनि डिजिटल कामका लागि आवश्यक प्रक्रिया थाल्नु पर्ने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।


यस्तै कम्पनी दर्ता र प्रशासनको काम गर्ने संस्थालाई अनलाइनबाटै कम्पनी दर्ता सम्बन्धी कामका लागि आवश्यक तयारी गर्न कार्यालयले भनेको छ ।

कमेन्ट गर्नुहोस्