लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

tillotmacitynews - 2023 Sep 08 11:25 AM
IMG

तिलोत्तमा,भदौ २२ गते । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका-२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरी रहेका छन् ।बिहीबार राति बाटो छेउँमा मसलाको रुखले बिजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही ल्याइएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्