
तिलोत्तमा सिटी । साउन २४ गते । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवस कै अवसरमा आज देशका विभिन्न स्थानमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिँदै छ । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पु¥याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि राष्ट्रिय भू–संरक्षण दिवस मनाउन थालिएको हो ।
विभागको स्थापनासँगै जिल्लास्तरमा भू–संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको थियो । विसं २०३१ देखि ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो । भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो । विगत वर्षहरूमा फूलजन्य बिरुवा, धुपी, काइयोलागयत बोटबिरुवा रोपेर सो दिवस मनाइँदै आएको छ । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेको बिज्ञहरु बताउचान्न छ । संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा नेपालमा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट बर्षेनी भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ ।
कमेन्ट गर्नुहोस्