
तिलोत्तमा ,२०८०असार १५ गते। २० औँ राष्ट्रिय धान दिवसमा विभिन्न कार्यक्रम भएको छ ।‘जलवायु अनुकुलित कृषक मैत्री प्रबिधी,धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले धान दिवस मनाएको हो । तिलोत्तमा-१७ कानपारामा आयोजित धान रोपाइँ कार्यक्रममा सांस्कृतिक असारे गीत गाएर , दहि चिउरा खाएर तिलोत्तमाका जनप्रतिनिधि र कृषकहरुले खेतमा धान रोपेका थिए ।तिलोत्तमा कृषि शाखाको संयोजनमा भएको सो कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरदेवी चौधरीले धान रोपेका हुन् ।
सो अवसरमा नगरप्रमुख खाँणले कृषि पेसालाई आधुनिकीकरण गर्नुपर्ने र अहिलेको आर्थिक संकटको बेला कुनैपनी खेत बाँझो रहन नहुने बताउदै रासायनिक मल भन्दा जैविक मलमा किसानको ध्यान जानुपर्ने बताए । त्यस्तै सोहि क्रममा बोल्दै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले आधुनिक कृषि पेसालाई बढवा दिँदै नगरलाई अर्गानिक र आत्मनिर्भर बनाउन सबै किसान र सरोकारवाला मिलेर अगाडी बढ्नुपर्ने बताईन ।उनले कृषि मार्फत समाजलाई व्यवसायिकिकरण गर्न र क्रिशाको जीवनस्तर उकास्न सबै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताईन।
कार्यक्रममा वडा अध्यक्षहरु फर्शुराम गिरी,कल्याण पौडेल,गणेश पाठक,कृष्ण प्रसाद पौडेल, गोपाल प्रसाद घिमिरे, झविलाल भुसाल, दान बहादुर चौधरी लगायत वडा सदस्यहरु , कृषि शाखाका कर्मचारी, स्थानीय कृषक लगयातको उपस्थिति रहेको थियो। सरकारले २०६२ साल असार १५ गतेदेखि सरकारले राष्ट्रिय धान दिवस मनाउँदै आएको छ ।
कमेन्ट गर्नुहोस्