
तिलोत्तमा , असार १५ गते २०८०। बिशेषगरि थारु समुदायमा देखिएको बंशानुगत रोग सिकलसेल ऐनिमियाको पहिचान गरि नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने बासिन्दालाई लक्षित गरि बिहिबार भएको सिकलसेल एनिमिया र थालासेमिया रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन् । सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वर देवी चौधरीले थारु जातिमा मात्र लाग्ने रोग भएपनी यसको चेतना हुन र रोग सम्बन्धि परामर्श एबम रोग निर्मुल पार्न सबै जात जाती एक भएर लाग्नु पर्ने बताउनुभयो। उहाँले समाजमा यो रोग बारे चेतना फैलाएर रोगको निर्मुल पार्न सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
नगरपालिकाका नगर उपप्रमुख जगेश्वर देवी चौधरीको अध्यक्षतामा भएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रममा सिकलसेल एनिमिया रोगको पहिचान गरि न्यूनिकरण गर्न नगरपालिकाले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। स्वास्थ्य शाखा प्रमुख ध्रुवराज घिमिरेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका डा अरुण खरेलले गरेका थिए । तिलोत्तमा नगरपालिका सभाहलमा भएको कार्यक्रममा करिव ७० जनाको सहभागिता रहेको थियो । सिकलसेल एनिमियाको परिचय, लक्षण, परिक्षण, उपचारलगायतका बिषयमा जानकारी गराईएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश चिकित्सा महाशाखा प्रमुख डा पुष्पराज पौडेल,थारू कल्याणकारिणी सभा तिलोत्तमाका प्रतिनिधी,जनप्रतिनिधी, थारु जतिको क्षेत्रमा काम गर्ने सरोकारवाला, फोकल पर्सन खिमलाल पाण्डे, रामप्रसाद भट्टराई,तिलोत्तामाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्