लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादी तर्फको बहस हुदै

IMG

तिलोत्तमा सिटी । जेठ २४ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलको बहस सकिएको छ । गएको आइतवारदेखि जाहेरीवाला र सरकारी वकिलले बहस थालेका थिए।   हिजो बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी नेउपानेले जानकारी दिनुभयो । सरकारी वकिलका तर्फबाट महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेलगायतले बहस गर्नुभयो । बहस गर्ने क्रममा अधिवक्ताहरुले प्रतिवादीलाई थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउन अदालतसमक्ष जिकिर गरेका छन् । उनीहरुले यो प्रकरणमा संलग्न भएको आरोप लागेका उच्च पदस्थ व्यक्तिमाथि पनि छानबिन गर्नु पर्ने बताएका छन् ।



जाहेरीवाला र सरकारी वकिलको बहस सकिएकाले अब प्रतिवादीकातर्फबाट बहस हुनेछ । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ  १८ पक्राउ परेका छन् ।  १२ जना फरार छन् ।

कमेन्ट गर्नुहोस्