लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दोस्रो गैडहवा अध्यक्ष कप फुटबलको उपाधी गोलबजार सिराहालाई

tillotmacitynews - 2023 Apr 22 07:41 PM
IMG

तिलोत्तमा सिटी । बैशाष ९ गते । राष्ट्रका लागि खेलकुद स्वस्थका लागि खेलकुद भन्ने मुलनाराका साथ न्यु एभरेस्ट युवा कल्ब गैडहवा ८ को आयोजनामा गैडहवा गाउँपालिका वडानम्बर १ देखि ९ को सहयोग तथा गैडहवा गाउपालिकाको संरक्षणमा दोस्रो गैडहवा गाउपालिका अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता २०७९ को शनिवार समापन भएको छ । कल्बका अध्यक्ष पदम थापा मगरको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले स्थानीय स्तरमा हुने खेलकूदले खेलाडी बिकासका साथै पर्यटन प्रबर्द्धन तथा भविष्यमा राष्ट्रिय स्तरको खेलाडि उत्पादन हुने बिस्वास व्यक्त, गर्नुभयो । कार्यक्रममा गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, गैडहवा गाउँपालिका सम्पुर्ण वडा अध्यक्षहरु, टोल विकास तथा आमा समुह, कल्वका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । गोलबजार फुटबल क्लब सिरहा र फर्साटिकर फुटबल क्लब सुद्धोधन रुपन्देहीबिच भएको फाइनल खेलमा गोलबजार फुटबल कल्ब सिरहा २ गोलले बिजयी हुँदै नगद दुई लाख दुई हजार दुई सय बाइस रुपैयासहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थान हासिल गरेको फर्साटिकर फुटबल क्लब सुद्धोधनले नगद रु.एक लाख एक हजार एक सय ११ रुपैया कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  प्रतियोगितामा नवउदय खेलाडिले नगद रु दश हजार र म्यान अफ द म्याच हुनेले नगद रु एक हजार सहित ट्रफि प्राप्त गरेका छन् । १२ टिमको सहभागिता रहेको प्रतियोगिता समापन समारोह क्लबका सदस्य नारायण पुनको स्वागतमा भएको थियो । 

कमेन्ट गर्नुहोस्