लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गर्मी आएसंगै तिलोत्तमा-६ले गर्यो ३ स्थानमा शित्तल जलको व्यवस्थापन

IMG

तिलोत्तमा,२०७९ चैत्र ३०। गर्मी एक एक दिन बढ्दै गएको अनुभुती भैरहेको छ।  हरेक दिनको उतार चढाव संगै गर्मि ह्वात्तै बढ्दै गएको यथार्थ छ।  तथापी आफ्नो नयाँ नयाँ शैलीमा काम गराइमा अघि बढ्दै गएको रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ स्थित वडाले आफ्ना वडाका ३ सार्बजनिक स्थानमा तिलोत्तमा-६ वडा कार्यालयले युभि फिल्टर र वाटर कुलर जडित सार्वजनिक पिउने पानी बुथ ( शितल जल सेवा )हिजो बाट सँचालनमा ल्याएको छ । वडाले आफ्नै खर्चमा सो इउने शुद्ध पानीको व्यवस्थापन गरेको हो।  पछिल्लो समय सहरी बिकास संगै पहिलेका पाटि पौवा एबम सार्बजनिक धारा मासिदै गएको बेला वडाले सो सम्बन्धि व्यवस्था गरेको वडा अध्यक्ष गणेश पाठकले बताए। 


वडाले विभिन्न ३ स्थान हरु (पुरानो सडक चोक, पँचरत्न गिता मन्दिर,१२ नम्बर अगाडि र बाँसघारी देबी मन्दिर पश्चिम पहुनी अगाडि ) मा  युभि फिल्टर र वाटर कुलर जडित सार्वजनिक पिउने पानी बुथ ( शितल जल सेवा )हिजो बाट सँचालनमा ल्याएको वडा सदस्य संजय आचार्यले हामीलाई बताएका छन्। सडक तथा बाटोमा हिड्ने मान्छेले पानी खानको लागि घरमा बोलाउनु पर्ने , होटलमा पैसा तिरेर खानुपर्ने बाध्यता भएकोले सो को ब्यबस्था गरिएको वडा अध्यक्ष पाठकले बताए।  यी सम्बन्धी धारा तथा खानेपानीको ब्यबस्था क्रमैसंग सार्बजनिक स्थानमा राख्दै जाने समेत अध्यक्ष पाठकले बताएका छन्। 





कमेन्ट गर्नुहोस्