
तिलोत्तमा सिटी । चैत्र ३० गते । तिलोत्तमा नगरपालिकालाई लैंगिकमैत्री नगर बनाउन तयारी थालिएको छ । नगरपालिकाको आयोजना र तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्बिनीको समन्वयमा लैंगिकमैत्री नगरपालिका निर्माणका लागि सुचक निर्धारण कार्याशाला गोष्ठी प्रारम्भिक चरण सुरु भएको हो । हालसम्म नेपालमा कुनै सथानीय तह लैंगिकमैत्री घोषणा हुन सकेका छैनन् । कार्यक्रममा लैंगिकमैत्री नगर निर्माणका लागि स्थानीय तह र संचारमाध्यमको भुमिकाका बिषयमा छलफल गरिएको छ । कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले प्रदेश र संघिय तहबाट सुचक नबन्दा पालिकालाई लै.गिकमैत्री बनाउन समस्या भएको बताइन् । उनले प्रारम्भिक चरण सुरु भएकोले अब यसलाई निरन्तरता दिदै जाने र संघ तथा प्रदेशले सूचक नबनाए विज्ञहरुको सुझावका आधारमा नगरपाकिलाले नै लैंगिकमैत्री नगर घोषणा गर्ने बताइनु । अघिल्लो कार्यकालमै लैंगिकमैत्री नगर बनाउन प्रकृया थालेपनि कोरोना महामारीले पूरा हुन नसकेको बताइन् ।
नगरपालिकालाई लैंगिकमैत्री बनाउने कार्यक्रम अन्तरगत प्रारम्भिक चरणमा सरोकारवालाका विचार,विज्ञका सल्लाह सुझाव संकलन गर्न लागिएको तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्विनीका कार्यकारी प्रमुख मिनाक्षी न्यौपानेले बताइन् । कार्यक्रमको सहजीकरण गर्दै सिन नेपालका अध्यक्ष प्रतिमा शर्माले परिवर्तनको लागि हरेक ब्यक्ति जिम्मेवार बन्नुुपर्ने खांचो औंल्याइन् । कार्यक्रममा तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्बिनीका अध्यक्ष दुर्गा पाण्डे, ,सामाजिक अभियान्ता रिमा बिसी , देवि वाग्ले लगायतले स्थानीय तहहरुमध्ये उत्कृष्ट नगरपालिका भनिरहदा लैंगिक मैत्री नगरको सवालमा पनि त्यतिकै ध्यान पुराउनुपर्ने सुझाव दिए ।
कमेन्ट गर्नुहोस्