लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरमा चौथो

IMG

तिलोत्तमा,२०७९ चैत्र ३०। रुपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरमा चौथो भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम मुलुकभरमा चौथो भएको हो ।


हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को स्थानीय तहको संस्थागत प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र क्षमता स्वमूल्यांकन मुलुकभरमा चौथो भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिनुभयो। प्रशासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार र सामाजिक समवेशीकरण गरी आठ वटा विधाका छुट्टा छुट्टै सूचक मूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरका पालिकाहरु मध्ये चौथों स्थानमा पर्न सफल भएको हो ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा स्वमूल्यांकन प्रतिवेदनमा तिलोत्तमा नगरपालिकाले ९५ दशमलव ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो।

अहिलेको प्राप्त उपलब्धीले तिलोत्तमा नगरपालिकालाई राष्ट्रव्यापी बनाएको आफ्नो पहिचानमा थप टेवा पुर्याएको छ । तिलोत्तमालाई मुलुककै उत्कृष्ट, नमूना नगरपालिका बनाउने अभियानमा निरन्तर क्रियाशील रहेको नगर प्रमुख खाणले बताउनु भयो।भौतिक तथा सामाजिक विकासका क्षेत्रमा भैरहेका कामलाई एउटा गन्तव्यमा पुर्याउने र नयाँ काम गर्दै जाने विषयमा सिंगो नगरपालिका लागिरहने नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिनु भयो।


सो अवसरमा बोल्दै नगरउपप्रमुख जगेश्वर देवी चौधरीले नगरपालिकाले गरेको कार्यसम्पादन तथा स्व मुल्यांकनको प्रतिशतले नगरबासीको शिर उच्च गराएको बताउनुभयो। उहाँले सेवा प्रवाहमा नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीको तर्फबाट भएको कार्यप्रती अझै प्रभावकारिता हुनुपर्ने बताउदै सबै मिलि नगरपालिकालाई उत्कृस्ट बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो।  

कमेन्ट गर्नुहोस्