लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२०८० को अवसरमा लियो क्लब अफ भलवारी युथले सांगीतिक कार्यक्रम गर्ने

tillotmacitynews - 2023 Apr 12 10:02 PM
IMG

तिलोत्तमा सिटी ।  चैत्र २९ गते । नयाँ वर्ष २०८० सालको पूर्व संध्यामा लियो क्लब अफ भलवारी युथले सांगीतिक कार्यक्रम गर्ने भएको छ । नयाँ वर्षको स्वागत गर्दै क्लबले यही चैत ३० गते बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोकस्थित मणिग्राम विश्रामवाटिका रिसोर्टमा सांगीतिक कार्यक्रम गर्ने भएको हो । सांझ ६ बजेपछि हुने कार्यक्रममा स्वपन सुमन एण्ड द एसटर्सको बेजोड प्रस्तुति रहने क्लबका अध्यक्ष युवराज भट्टराईले बताए । कार्यक्रममा अनफरचुण्डब्याण्ड, डिजे अतुल तथा नृत्य प्रस्तुति रहने उनले बताए । सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिएको क्लबले सांगीतिक कार्यक्रम गर्न लागेको भट्टराईले बताए ।त्यसै गरी कार्यक्रमको सञ्चालन दुर्गा गुरुङले गर्ने क्लबको भनाइ छ । कार्यक्रममा प्रवेश शुल्कवापत रु. १ हजार तोकिएको क्लबले जनाएको छ ।

कमेन्ट गर्नुहोस्