लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लियो जिल्ला परिषदको पहिलो अधिवेशन हुदै

tillotmacitynews - 2023 Apr 12 09:54 PM
IMG

तिलोत्तमा सिटी । चैत्र २9 गते । लियो जिल्ला परिषदको तेस्रो परिषद बैठक तथा पहिलो अधिवेशन २०८० बैशाख १६ गते शनिवार होटल पौवामा हुन गईरहेको छ । नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौ क्षेत्रका झण्डै ३०० युवाहरुको सहभागिता हुने यस कार्यक्रमको तयारी तिब्र गतिमा अगाडी बढि रहेको जानकारी कार्यक्रम संयोजक तथा रिजन ७ चिफ लियो रितु ज्ञवालीले दिईन । लियो जिल्ला परिषदका अध्यक्ष लियो एम. डि. न्यौपाने भन्छन कार्यक्रममा १८ देखी ३० बर्ष उमेर समुहका युवाहरुको संगठन लियोको बिकास र भावि योजनाबारे छलफल सहित आगामी नेतृत्व चयन हुनेछ । सो का लागि परिषदले शार्दुल मयुर कसौधनलाई निर्वाचन अधिकृत तथा अव्दुल साजिदलाई मनोनयन अधिकृत चयन गरि प्रकृया अगाडी बढाई सकेको छ ।

जिल्ला सचिव लियो रविन जोशी संग भएको कुरा कानी अनुसार हाल सम्म १ जना को जिल्ला अध्यक्षर ३ जनाको जिल्ला उपाध्यक्षको लागि मानोनय दर्ता भएको छ । सार्दुल कसौधन र अव्दुल साजिदको नेतृत्वमा परिषदको अधिवेशन निश्पक्ष र पारदर्शीताका साथ सम्पन्न हुने छ ।  लियो जगतको इतिहासमा यो एक एतिहासिक कार्यक्रम हुनेछ । २०७९ बैसाख ६ गते मनोनयन दर्ताको अन्तिम मिति रहेकोले सो दिन सम्म इच्छुक सबैलाई आफ्नो मनोनयन दर्ता गर्न अधिकृत लियो अव्दुल साजिदले अनुरोध गरेका छन ।


कमेन्ट गर्नुहोस्