लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको मौसम सफा, दिउसो पश्चिमी हावाहुरी चल्ने सम्भावना

IMG

तिलोत्तमा सिटी । चैत्र २८ गते । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका सुदुरपश्चिम र कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । रुपन्देहीको मौसम सफा सामान्यतया  सफा रहने पनि  दिउसो पश्चिमी तातो  हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदहरुको आकलन छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।



कमेन्ट गर्नुहोस्