
तिलोत्तमा,२०७९ चैत्र २७। स्थानीय तहका प्रनिनिधी तथा सरोकारवालाहरुका लागि एक दिने ‘अपाङ्गता समावेशी विकास’ सम्बन्धी तालिम प्रदान गरिएको छ । तिलोत्तमा नगरपालिकामा दृष्टिविहिन महिला संघ नेपालको आयोजानमा सो तालिम प्रदान गरिएको हो । तालिम शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले अपाङ्गताको हक अधिकार स्थापनाका लागि नगरपालिका हरदम तयार रहेको बताए । उनले अपाङ्गता संमन्वय समिति गठन गरेर सोही अनुसारको योजनाबद्ध विकासमा आफु लागेको बताएका थिए । तिलोत्तमा वालमैत्री शासन व्यवस्था भएको नगरपालिका भएको भन्दै उनले कुनै पनि संरचना अपाङ्गतामैत्री भएको बताएका थिए । उनले अपाङ्गता भएका व्याक्तिहरुको समाजमा पुर्नस्थापनका लागि आयआर्जनसंग जोड्न अहिलेको टड्कारो आवश्यकता रहेको बताएका थिए ।
तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वर देवी चौधरीले अपाङ्गता नगर संमन्वय समितिको संयोजकको रुपमा समेत रहेको नाताले अपाङ्गता भएका व्याक्तिहरुको हक, हित र समाजमा पुर्नस्थापानका लागि जहिले पनि पहल गर्ने बताईन ।महिला वालवालिका तथा समाजकाल्याण मन्त्रालयका उप सचिव निरा अधिकारीले कार्यक्रममा सहजीकरण गर्दै अपाङ्गता अधिकार, भएका व्यवास्थाको विषयमा प्रकाश पारेकी थिईन । तालिममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्य, सामाजिक विकास शाखा प्रमुख बिनोद ज्ञवाली, बालमैत्रीशाखा प्रमुख शारदा भट्टराई, वडा अध्यक्ष फर्शुराम गिरी, आशिबिं पौडेल,नगरकार्यपालिका सदस्य शुरेन्द्र श्री लगायतले सो सम्बन्धी जिज्ञासा, समस्या र सुझाव सहितको आ-आफ्नो भनाई राखेका थिए ।
दृष्टिविहिन महिला संघका अध्यक्ष सिता सुवेदीको अध्यक्षता तथा महासचिव अनिता सिग्देलको संचालनमा भएको कार्यक्रममा अध्यक्ष सुबेदीले स्थानिय तहमा पनि अपाङ्ग मैत्री सहज बाताबरण सृजनाका लागि पहल गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको बताएकी थिईन।
कमेन्ट गर्नुहोस्