लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

tillotmacitynews - 2023 Apr 09 11:12 AM
IMG

तिलोत्तमा सिटी । चैत्र २६ गते ।  राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुपन्देहीले नया बर्ष २०८० को अवसर पारेर भित्ते पात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  बुटवलस्थित होटेल एभरेस्ट इनमा शनिबार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानमा सबैको साझा पहल र एकेबद्धता आवस्यक रहेको औल्याएका थिए । पछिल्लो पटक देशभर कोभिड संक्रमितहरुको संख्या बढ्दै जाँदा सतर्कता अपनाउन पनि स्वास्थ्यकर्मीहरुले सबैमा आग्रह गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुपन्देहीका अध्यक्ष रामेश्वर ढकालको अध्यक्षता एवं लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री बिष्णु पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा बिनोद गिरि, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय सचिब खगराज पोखरेल, स्वास्थ्य विभागका केन्द्रिय सदस्य सुनिल श्रेष्ठ, अतिथिहरु लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा शुदर्सन थापा, प्रदेश आपूर्ति केन्द्रका डाईरेक्टर रोशनलाल चौधरी, प्रदेश समिति अध्यक्ष चिन्तामणि ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । कार्यसमिति सचिब गणेश भण्डारीको संचालन रहेको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका अध्यक्ष गौरब ढकालले स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित करिब १०० जनाको उपस्थिति रहेको थियो ।


कमेन्ट गर्नुहोस्