
तिलोत्तमा सिटी । चैत्र २५ गते । आगमी २ वर्षको लागि नयाँ नेतृत्वमा दाबी गर्दै होटल व्यवसायी संघ रुपन्देहीको अधिवेशनमा दुई प्यानल चुनावी मैदानमा रहेका छन । संघको कोषाध्यक्ष बाहेकका अन्य पदमा आज शनिबार मतदान हुदैछ । कोषाध्यक्ष पदमा राम बहादुर न्यौपाने यसअघि नै निर्विरोध निर्वाचित भैसक्नु भएको छ । अध्यक्ष पदका लागि बाबुराम गौतम र लेखनाथ भण्डारीले दुई छुट्टाछुट्टै प्यानल बनाई चुनावी अभियानमा होमिनुभएको छ । वि.स. २०५६ सालमा स्थापना भएको संघमा हाल रुपन्देहीका १२०३ व्यवसायी आवद्ध रहेका छन् । मतदान प्रक्रिया आज बिहान ८ बजेदेखि बुटवल इँटाभट्टीमा अवस्थि एसियन पार्टी प्यालेसमा सुरु भएको निर्वाचन मण्डलका संयोजक दिनेश पाण्डेले जानकारी दिनुभएको छ । गौतम प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव खनाल, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश), द्वितीय उपाध्यक्ष खेमराज ज्ञवाली, महासचिवमा मोहनलाल पाण्डे, सचिव डिल्लीराज अर्याल, सहससचिव मोहन बस्याल (सत्यमोहन), सह कोषाध्यक्ष माधव ढकाल उम्मेदवार रहेका छन् । सदस्यहरुमा एक बहादुर गाहा मगर, एकादेव पाण्डे, तिरास लाम्टाङ्गे मगर, दामोदर पौडेल, धनकुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ, बाबुराम अर्याल, मुरारी पाण्डे, यज्ञमुर्ती भण्डारी, सीता ढकाल र सुन्दरकुमार श्रेष्ठ रहेका उम्मेद्वार रहनुभएको छ भने भण्डारी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद पोखरेल, पर्यटन उपाध्यक्षमा चुत्र बहादुर पौडेल (टेकु), प्रथम उपाध्यक्षमा केशवराज पौडेल, द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई (जनप्रेमी), महासचिवमा अर्जुन थापा, सचिवमा थमन बहादुर भण्डारी, सहज सचिवमा अर्जुन पोखरेल तथा सह कोषाध्यक्षमा कृष्णप्रसाद पाण्डे रहेका छन् । यसैगरी सदस्यहरुमा पिताम्बर राना, सन्तोष खड्का, गोकर्ण रायमाझी, श्रीराम भण्डारी, ज्ञानप्रसाद खनाल, मनोज गुरुङ, पदम पौडेल, द्वारिकाप्रसाद न्यौपाने, दिपक योगी, कमला पाण्डे र केशवराज पाण्डे चुनाबी मैदानमा हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस्