लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा आजदेखि प्रगतिशील पत्रकार संघको राष्ट्रिय सम्मेलन बुटवलमा शुरु हुँदै

IMG

तिलोत्तमा सिटी । चैत्र २४ गते । प्रगतिशील पत्रकार संघ, नेपालको आजदेखि बुटवलमा प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ । दुई दिनसम्म चल्ने सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  बुटवलस्थित होटल मेरिगोल्डमा आयोजना हुने दुई दिने राष्ट्रिय सम्मेलनले संघको विधान र घोषणा पत्र पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने प्रगतिशील पत्रकार संघ, नेपालका संयोजक श्यामलाल पोखरेलले जानकारी गराए । ‘प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितको रक्षाका लागि जनपक्षीय पत्रकारिता’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनको उद्घाटन सत्रमा विभिन्न जनवर्गीय संगठन तथा भाइचारा संघसंगठनहरुले शुभकामना दिने कार्यक्रम रहेको छ । सम्मेलनमा देशभरबाट करिब १५० प्रतिनिधिको सहभागिता रहने संघका सचिव प्रकाश थापाले जानकारी गराए । सम्मेलन दिन १ बजे उद्घाटन हुने छ ।

कमेन्ट गर्नुहोस्