
तिलोत्तमा सिटी । चैत्र २२ गते । बुटवलमा मंगलबारबाट सुरु भएको विश्व हिन्दु महासंघ नेपालको महासभा तथा आठौं महाधिवेशन आज सम्पन्न हुदैछ । हिजो मंगलबारबाट शुरु भएको दुई दिने महासभा एवं आठौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । महासभामा भाग लिन देशभरबाट १५ सयभन्दा बढि प्रतिनीधी एवं पर्यवक्षकहरु बुटवलमा जम्मा भएका छन् । महासभाको पुर्व सन्ध्यामा हिजो मङ्गलबार बुटवल हाटबजार लाईनबाट धार्मिक सद्भाव ¥याली निकालिएको निकालिएको थियो । राष्ट्र रक्षा र धर्मरक्षाका लागि हिन्दुराष्ट्रको मुख्य अभियानलाई महासभाको मुख्य छलफलको बिषयबस्तु बनाइएको विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष अधिवक्ता बेन बहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभएको छ । महासभामा विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष रामचन्द्र अधिकारी, सन्त समाजका अध्यक्ष ज्ञानेन्द्र स्वामी एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन लगायतको सहभागिता रहेको छ ।
कमेन्ट गर्नुहोस्