
तिलोत्तमा,२०७९ चैत्र २१।तिलोत्तमा नगरपालिकाको आयोजनामा महिलाहरुको क्षमता विकासकालागी आयोजित ३ दिने नेतृत्व विकाश सम्बन्धि तालिमको आज समापन गरिएको छ ।तिलोत्तमा नगरपालिका वडा न. ९ को सभाहलमा आयोजित तालिमको समापनगर्दै वडाअध्यक्ष ध्रुवन्यौपानेले तालिममा सिकेका कुरा ब्यवहारमा उतार्न सहभागी महिलादिदीबहिनीहरूलाई आग्रह गर्नुभयो ।न्यौपानेले महिलाहरुले आफ्नो टोल तथा छिमेकमा देखिएका विभिन्न समस्या पहिचान गर्दैखबरदारी गर्न र योजना मागका लागि बोल्न सक्ने क्षमताको विकाश होस भन्ने उद्देश्यले आयोजित ३दिने तालिम फलदायी भएको धारणा राख्नुभयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि एवं प्रशिक्षक प्रकाश पाण्डेले, बोल्ने कलाको अभ्यास गरे सफलताहात लाग्ने भन्दै कोशिश गरे जस्तो सुकै कठिन परिस्थितिलाई पनि बोलीको प्रभावले जित्न सकिनेबताउनुभयो । साथै वहाँले महिला सशक्तिकरणका लागीस्वयमलाई समय दिन र पितृसतात्मक सोच त्याग्न महिला दिदीबहिनीहरूलाई आग्रह गर्नुभयो ।तिलोत्तमा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख संझना भण्डारीले सामाजिक विकाशका लागी महिला दिदीबहिनीहरूको पहल र परैवी आव्श्यक ठानेर नै तालिमको आयोजनागरिएको बताउनुभयो । ईन्सेकका रिमा बिसि र पत्राकरद्घय बिपि गौतम र प्रकाश पाण्डेले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको तालिम चैत्र १७ गतेबाट शुरू भएर आज समापन भएको हो ।
तालिममा तिलोत्तमा वडा न. ६,७,८,९, १० र ११का महिला आवद्घ विभिन्न संघ संस्थाका प्रतिनिधि एवं तीनका ३० जना सदस्यहरूको सहभागिता रहेको थियो । तालिममा बोल्ने कला अर्थात वाक कला, नेतृत्व विकाश र भाषणकला लगायतकाविषयमा प्रशिक्षण दिईएको थियो । शिला थापाको सन्चालन रहेको समापन कार्यक्रममा सहभागीको तर्फबाट ओमकुमारी पाण्डेले शुभकामना र प्रशिक्षार्थी जमुना शर्माले स्वागत मन्तब्य दिनुभएको थियो ।
साथै चैत्र २० गते देखि वडा नम्बर ११ र १२ नम्बरका महिला हर्रुका लागि समेत तालिम शुरु भएको तिलोत्तमा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख संझना भण्डारीले बताउनुभयो। तालिम करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा संचालन भैरहेको छ।
कमेन्ट गर्नुहोस्