
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधीन मंगलापुर–कान्छीबजार सडकको शिल्यनास गरिएको छ । तिलोत्तमा ९ मंगलापुर देखी कान्छी बजार जोड्ने ४ दशमलव ८६ किलोमिटर लम्बाइको सडकको विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभों, र तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले शिलान्यास गरे ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले निर्माणाधीन सडक समयमा नै सम्पन्न हुने बताउँदै यो सडकले त्यस क्षेत्रका व्यक्तिहरूलाई आर्थिक उपार्जनमा जोड्ने बताए । उपप्रमुख जागेश्वरी देबी चौधरीले निर्माणाधीन सडकले तिलोत्तमा ७(९ का स्थानीयलाई निकै फाइदा पुग्ने बताउँदै समयमा नै सम्पन्न गर्नमा सहयोग गर्न आग्रह गरिन् । तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सडकको २०७९ भदौ २३ गते देखी सम्झौता सुरु भएको बताउँदै अहिले सम्म १४ प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनका साइट क्लिरियन्स तटबन्ध भर्ने, ढुङ्गा चिन्ने लगायतका कामहरू भई रहेका छन् ।
कमेन्ट गर्नुहोस्