
तिलोत्तमा,२०७९ चैत्र ११। तिलोत्तमा नगरपालिका का मेयर रामकृष्ण खाणले घर, कलकारखाना तथा उद्योग, बजार र अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापनका लागि एक्लो पहलले दिर्घकालिन समाधान नहुने बताएका छन्। सामुहिक प्रयास र साझा तवरले एकीकृत योजना सहित अघि बढे मात्र यसको दीघकालीन समाधान हुने उनको भनाई छ। तिलोत्तमा नगरपालिका वडा नम्बर -२ स्थित सरसफाई ब्यबस्थापन उपभोक्ता समितिको प्रथम साधारण सभा तथा अधिबेशनको खुल्ला सत्रको क्रममा बोल्दै नगर प्रमुख खाणले सो कुरा बताएका हुन्।
फाेहाेरमैला व्यवस्थापन उपभोक्ता समितिकाे आज सम्पन्न साधारण सभा तथा अधिवेशनबाट इन्द्रमणी अर्यालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति तथा ३ सदस्यीय लेखापरीक्षण समिति चयन भएको छ । अधिवेशन सफल ढंगबाट सम्पन्न गराउन निर्वाचन मण्डल संयाेजक दधिराम गाैतम, सदस्य पुर्णबहादुर खत्री क्षेत्री, दयानिधी पाैडेल रहेका थिए।
सो कार्यक्रममा बोल्दै तिलोत्तमा-२ मा सरसफाई समितिले गरेको सर्हानिय कामप्रति नगर उपप्रमुख जागेश्वर देवी चौधरीले खुशी व्यक्त गरेकी छिन। नगर उपप्रमुख चौधरीले सामाजिक काम सबैको सहकार्य मार्फत सफल हुने भन्दै सरसफाईको क्षेत्रमा नगरपालिकाले गरेको प्रयासमा नगरबासीहरुको साथ् ले अभियान सफल र पुरा हुने क्रममा रहेको बताएकी छिन्। सो अवसरमा वडा नम्बर-२ तिलोत्तमका अध्यक्ष डिल बहादुर भट्टराई, निबर्तमान अध्यक्ष दधिराम गौतम, नेपालि कांग्रेसका वडा अध्यक्ष पुर्ण बहादुर क्षेत्री,जागृति युवा क्लबका अध्यक्ष बिदुर केसी,लेखा समिति सदस्य गोविन्द भुसाल लगायतले बोल्दै आउने समितिलाई रचनात्मक कार्य गर्न आग्रह समेत गरेका थिए। कार्यक्रमको संचालन वडा सचिव अनिता शर्मा ज्ञवालीले गर्नुभएको हो।
कमेन्ट गर्नुहोस्