
तिलोत्तमा,२०७९ चैत्र १०।रुपन्देहीको तिलोत्तमा नगरभित्र कुकुर पालनका लागि अब अनिवर्या अनुमति लिनुपर्ने भएको छ । घर पालुवा कुकुर भएमा ३५ दिनभित्र अनिवार्य रुपमा अनुमतिपत्र लिन आग्रह गर्दै नगरपालिकाले बुधबार एक सूचना जारी गरेको हो ।समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा नगरपालिकाले वातावरण स्वच्छ राख्नका लागि घरपालुवा जनावरलाई समेत नियमन गर्न लागेको हो । नगरपालिकाले चैत्र ८ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनिवार्य रुपमा घरपालुवा कुकुरका लागि अनुमतिपत्र लिन निर्देशन जारी गरेको हो ।
नगरपालिकाको पशु दर्ता एम मार्फत अनुमती पत्र लिन सकिने सूचनामा जनाइएको छ । नगरपालिकाको वेव साइट www.tilottamamun.gov.np मा गएर पशुएम डाउनलोड गरी या यो लिंक http://103.69.127.73/pasudarta_admin/login अनलाइनबाट नै अनुमतिपत्र लिन सकिने व्यवस्था गरिएको छ ।
कमेन्ट गर्नुहोस्