
तिलोत्तमा,२०७९ फागुन ३०। रुपन्देहीको तिलोत्तमा नगरपालिका आफैमा सुन्दर नगरी हो। यसको टावन प्लानिङ्ग र भविष्यमा कंक्रिट शहर हुन बाट जोगाउन यसले आफ्नो सुन्दरतामा राम्रो ध्यान दिएको पाइन्छ। अनुपातिक हिसाबमा बसाईं सराईं गरेर आउने डर ह्वात्तै बढेको नगरलाई सुन्दर हराभरा बनाउन ठुलो चुनौती पनि छ। तथापि यस नगरको अविच्छिन्न हरियाली तथा सरसफाई अभियानको १०० औ शृंखलासम्म आउदा नगर उत्तिकै सुन्दर छ। यसको श्रेय जान्छ आम नगरबासीलाई। सो अभियानमा सरसफाई र हरियाली प्रबर्द्धनका लागि युवाहरु होस या बाल बच्चा बृद्ध बृद्धा सबैको हातेमालो नगरका लागि बरदान सिद्ध भएका छन्। त्यसैक्रममा सरसफाई अभियानको १०० औ शृंखला मनाउने क्रममा गरिएको वाडा केन्द्रित कार्यक्रमका सन्दर्भमा तिलोत्तमा -१६ का युवा पुरुषोत्तम सुबेदीले करिव २ किलोमिटर सडकको दाँया बाँया रहेको बन्जर र झाडी आफ्नै खर्चमा सफाचट पारेका छन्।
नगरको सरसफाईले आम जनाजिबनामा राम्रो प्रभाव पार्ने भन्दै युवा अभियन्ता सुबेदीले सबैले आ आफुले सकेको सहयोग गर्नुपर्ने र नसके समस्या थप्न नहुने बताए। तिलोत्तमा सिटी संग कुरागर्दै सुबेदीले आफुलाई सामाजिक कार्य गर्नाले मनमा शान्ति मिल्ने भन्दै वादभित्र भएका कुनैपनि समस्यामा वडा बासीले आफुलाई सम्झना समेत आग्रह गरे। सरसफाइको भब्य कार्यक्रम गर्न लागेको नगरपालिकाको कार्यप्रति तारिफ गर्दै उनले सबै वडा तथा नगर बासीको सहयोगले मात्र त्यो अभियान सम्भव हुने हुँदाआफ्नै स्वास्थ्य र भावी सन्ततिका लागी नगरलाई सधै सुन्दर र हराभरा राख्न सबै मिलेर लाग्नु पर्ने बताए।
यहाँको प्रमुख राजमार्ग देखि सहायक परिपथ , सडकहरुमा हरियाली र सरसफाईले अझै नगरलाई मनमोहक बनाएको छ। आफ्नो यो अभियानलाई नगरपालिकाले भब्य रुपमा मनाउने क्रममा आफ्नो सप्ताहव्यापी कार्यक्रम मनाउने क्रममा यहि फागुन ३० गते भब्य मानव साङ्गलोको उपस्थिति सहित सरसफाई अभियानलाई मनाउने र चैत्र १ गते १०० शृंखलामा भब्य कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ। नगरले आयोजना गरेको सबै कार्यक्रममा नगर बासीको सक्रियता निरन्तर रहेकोमा धन्यबाद व्यक्त गर्सै उनले आगामी दिनमा अझै सुन्दर नगर बनाउने अभियानमा जोडिन सबै नगर बासीहरुलाई आग्रह समेत गरेका छन्।
कमेन्ट गर्नुहोस्