
तिलोत्तमा,२०७९ फागुन २९। तिलोत्तमा नगरपालिकाका सार्वजनिक तथा संस्थागत विद्यालय एवं क्याम्पस परिसरका क्यान्टिन र शौचालय आइतबार अनुगमन गरिएको छ । तिलोत्तमा नगरपालिकाको शान्ति नमुना मावि मणिग्राम, गिर्वाण सरस्वती संस्कृत तथा साधारण मावि मणिग्राम, दुर्गादत्त मावि शङ्करनगर, जनजागृति मावि योगिकुटी, प्रभात आधारभुत विद्यालय भलबारी, पशुपति मावि कोटिहवालगायतका विद्यालयका क्यान्टिन तथा शौचालय अनुगमन गरिएको हो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नगरस्तरीय टोलविकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेल, तिलोत्तमा नगरपालिका वातावरण शाखाका गोरखनाथ खनाल, अभियानका सदस्य खेमराज पाण्डे, तिलोत्तमा टेलिभिजनका पत्रकार गोपाल पाण्डेलगायतको टोलिले सिद्धार्थ राजमार्गमा रहेका सार्वजनिक शौचालयहरुको पनि अनुगमन गरेको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरमा रहेका सार्वजनिक शौचालय र नगरका विद्यालयहरूको शौचालयमा सरसफाईको अवस्था तथा नगरपालिकाको बजेटमा खुवाइने दिवा खाजाको गुणस्तर जाँच गर्न अनुगमन गरिएको नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले जानकारी दिनुभयो ।अनुगमनका क्रममा म्याद सकिएका तथा उत्पादन र उपभोग्य मिति उल्लेख नभएका खाद्यवस्तु भेटिएका थिए । अब आइन्दा त्यस्ता वस्तु खरिद नगर्न नगराउन सचेत गराइएको नगरप्रमुख खाँणले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्