लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा सरसफाइको १०० औ शृंखलाको सामाजिक संजालमा प्रोफाइल

IMG

तिलोत्तमा,२०७९ फागुन २९।  रुपन्देहीको तिलोत्तमा नगरपालिका अहिले सरसफाई अभियानको सरगर्मीले तातेको छ।  समाजका सबै आम नगरबासीको सहभागिताले पनि नगरको सफाई र हरियाली पहिचानलाई मुर्तरुप दिएको आभास हुन्छ।  त्यति मात्रै होइन नगरपालिकाले देखाएको र शुरुवात गरेको यो अभियानमा सामाजिक संजाल समेत हरितमय बनेको छ। 


अहिले नगरपालिका संग सम्बन्धित सबै जनप्रतिनिधी कर्मचारी , टोल बिकास, सरोकारवाला निकायका प्रतिनिधी पात्र तथा शुभेच्छुकहरुले सामाजिक संजाल या फेसबुकमा आफ्नो प्रोफाइल फोटो परिबर्तन गरि सरसफाईको १०० औ शृंखला बिशेष बनाएका छन्।  तिलोत्तमा बासीमात्रै नभएर यस क्षेत्रलाई माया गर्ने अनि यो अभियानलाई साथ् दिने राजनीतिक दलका नेता, अभियन्ता, कलाकर्मी, बुद्धिजीवी, पत्रकार तथा दिग्गज ब्यक्तीहरुले समेत प्रोफाइल परिबर्तन गरि यो अभियानलाई साथ् दिएका छन्।  अहिले फेसबुक खोल्दा हरियो गोलो लोगोको बिचमा आफ्नो तस्बीर राखी यो अभियानको आफु भित्रैबाट जोडिएका छन्। 


सुचना प्रबिधी शाखा प्रमुख इन्जिनियर सुदिप ढकालका अनुसार प्रोफाइल परिबर्तन गर्दा घरमै बसेर सरसफाईमा ननिस्केका हरुलाई समेत यस अभियानमा जोड्न सफल रहेको बताउनुभएको छ। समाजकै लागि आयोजित यस अभियानले सबै नगरबासीसंगै तिलोत्तामाका हरेक शुभेच्छुकहरुलाई प्रबिधी मार्फत जोड्ने कोशिस गरिएको उहाँले बताउनुभयो। यो अभियानमा सामाजिक संजाल संगै भौतिक रुपमा समेत जोडिन आग्रह गर्दै सुचना प्रबिधी प्रमुख ढकालले यो साझा अभियान भएकोले अभियानमा साथ्स दिने सबैलाई धन्यबाद समेत ब्यक्त गर्नुभयो।      


कमेन्ट गर्नुहोस्