
तिलोत्तमा,२०७९ माघ २७ गते। तिलोत्तमा नगरपालिकाले वडा न. १ र २ का उपभोक्ता समितिलाई योजना तथा कार्यक्रम संचालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।वडा नं. २ को कार्यालय शंकरनगरमा आयोजित अभिभुखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले नगरका योजनाहरु सहि ढंगले पारदर्शी,दीर्घकालीन र कानुनसम्बत निर्माणका लागि यसकिसीमको अभिमुखीकरण कार्यक्रम फलदायी हुने बताउनुभयो ।
सो अबसरमा तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल लगायतले बोल्दै स्थानीय स्तरमा नागरिकको चासो बिना बिकास निर्माणको औचित्य नहुने बताउनुभयो ।अभिमुखीकरण कार्यक्रममा शाखा अधिकृत माधव प्रसाद पोख्रेल, लेखा अधिकृत रमेश बस्याल, योजना शाखा प्रमुख प्रदिप बन, वडाध्यक्षहरु फर्सुराम गिरी,डिलबहादुर भट्टराइद्वारा वडाभित्र रहेका बिभिन्न टोल समितिका पदाधिकारीहरु एबम सदस्यहरुलाइ नगरपालिकाका बिकास योजना निर्माण,उपभोक्ता समितिका काम कर्तब्य अधिकार तथा काम गर्ने तरिका र बिधिका कारण बारे सहजीकरण गरिएको थियो ।
कमेन्ट गर्नुहोस्