
तिलोत्तमा,२०७९ माघ २० गते। तिलोत्तमा नगरपालिका रुपन्देहीको आयोजना २ दिवसीय क्षमता विकास तालिम शुक्रवार शुरु भएको छ । कार्यक्रमको पहिलो दिन कर्मचारीमा भएको सेवाग्राहीका लागि सहज सेवा उपलब्धताका लागि कर्मचारी प्रशिक्षार्थीहरुलाई सिकाई गरिएको थियो। कार्यक्रममा नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, लगायतका कार्यालयका २ सय बढी पुर्णकालिन कर्मचारी समेतको सहभागिता थियो ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा उपप्रमुख जगेश्वरी देवी चौधरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले सहजीकरण गर्नुभएको थियो। सो कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले कर्मचारीहरुको दक्षता क्षमता र सेवा सहजतालाई दिगो बनाउन यस्ता तालिमले ठुलो योगदान दिने बताउनुभयो। क्षमता बिकास तालिममा सहभागी हुँदै उपप्रमुख जगेश्वर देवी चौधरीले तालिमले कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने बताउनुभयो।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कर्मचारी र जनप्रतिनिधिमार्फत सेवाग्राहीले सहज रुपमा सेवा पाउन र सेवालाई थप चुस्त दुरुस्त बनाउन यस्तो तालिमले सहयोग पुर्याउने हुँदा तालिमको आयोजना गरिएको बताउनुभयो। तालिममा सम्पूर्ण कर्मचारीहरुलाई कार्यक्षमता र गुणस्तरीय अभिवृद्धिका लागि व्यवहारीक विषयवस्तु र स्वः रुपान्तरणका विधि प्रशिक्षण गरिएको थियो । नगरपालिकाका सबै तहका कर्मचारीहरुको बाहुल्य उपस्थिति रहेको सो तालिमको संचालन नगरपालिका कि अधिकृत सिता घिमिरेले गर्नुभएकाे थियाे । तालिमको दोस्रो दिन शनिबार बिहानबाट शुरु भै दिउसो सम्म चल्ने अधिकृत घिमिरेले बताउनुभयो।
कमेन्ट गर्नुहोस्