लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रीमती-छोरालाई जिउदै जलाएर श्रीमान फरार, दुबैजना गम्भीर घाइते

IMG

तिलोत्तमा,२०७९ माघ १५ गते। बाँकेको कोहपलुरमा आफ्नै श्रीमानले श्रीमती र नाबालक छोरा माथि पेट्रोल खन्याएर आगो लगाई हत्या प्रयास गरेका छन् । कोहलपुर नगरपालिका २ का स्थानीय श्रीमान भानुभक्त विकले आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाई हत्या प्रयास गरेका हुन् ।


आज साँझ करिब ७ बजेको समयमा घरायसी झगडामा श्रीमान विकले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरीले जनाएको छ ।गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताए । डीएसपी मल्लका अनुसार २ वर्षिय प्रिन्सको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।आगो लगाए लगत्तै भानुभक्त फरार भएको उनले बताए । प्रहरीले फरार भानुभक्तको खोजीलाई तिब्र बनाएको पनि डीएसपी मल्लले बताए ।

कमेन्ट गर्नुहोस्