लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडानम्बर-६ ले दियो कुञ्जलापुरको उमा निमाविलाई अटो-रिक्सा

IMG

तिलोत्तमा,२०७९ माघ १२ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ ले आफ्नो वडामा रहेको उमा आधारभुत  बिद्यालयलाई विद्यार्थी बोक्ने विद्युतीय अटो रिक्सा उपलब्ध गराएको छ। बसन्तपंचमी सरस्वती पुजाको अवसर पारेर टाढाको स्थानबाट पढ्नका लागि बालबालिका आउने कार्यलाई सहज बनाउन साधनको रुपमा विद्युतीय अटो रिक्सा उपलब्ध गराइएको तिलोत्तमा वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले बताउनुभयो। आधारभूत बिद्यालय पढ्ने बिद्यार्थी साना साना हुने र टाढाबाट आउने हुँदा सहज साधनको रुपमा सो अटो रिक्साले सहयोग पुग्ने अध्यक्ष पाठकले बताउनुभयो। 


सरस्वति पुजाको अवसरमा आयोजित एक औपचारिक कार्यक्रमको बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडा अध्यक्ष गणेश पाठक र वडा सदस्यहरुले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र बहादुर दर्लामीलाई  विद्युतीय अटो रिक्साको साँचो हस्तान्तरण गरेका थिए। सुनौलो बस्ती , गोरकट्टा , कुञ्जलापुर को पश्चिम क्षेत्र टाढा टाढा बाट आउने विद्यार्थीलाई स्कुलसम्म सहज रुपमा पुग्न  विद्युतीय अटो रिक्साले सहयोग पुग्ने नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिनुभयो। बिद्यालयको समग्र भौतिक निर्माण तथा शैक्षिक बिकासका लागि आफुहरु सकारात्मक रहेको र योजना बद्ध रुपमा अगाडी बढेको नगरप्रमुख खाणले बताउनुभयो।  


सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले शैक्षिक बिकाश र व्यवहारिक शिक्षाको लागी सधै सकारात्मक रहेको जानकारी दिनुभयो।  कार्यक्रममा बिद्यालयको अगाडी रहेको सरस्वती माताको मन्दिर समेत अनावरण गरिएको थियो। सरस्वती पुजा गर्दै शुरु गरिएको सो कार्यक्रममा स्थानिय समाजसेवी लोक पुन, निर्माण समिति अध्यक्ष धनेन्द्र पौडेल, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष छत्रबहादुर दर्लामी , झरना स्पोर्ट्स क्लबका गङ्गा प्रसाद पुन, लगायतले बोल्दै बिद्यालयको सफलताको शुभकामना दिएका थिए।  


कमेन्ट गर्नुहोस्