लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार कपिल ज्ञवाली पुरस्कृत

tillotmacitynews - 2023 Jan 22 09:15 PM
IMG

तिलोत्तमा,२०७९ माघ ८ गते। रुपन्देहीका पत्रकार, बुद्ध टिभीका समाचार प्रमुख, नागरिक अनलाईन तथा गोरखापत्रका रुपन्देही समाचारदाता कपिल ज्ञवाली पुरस्कृत हुनुभएको छ। उहाँलाई नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।बुटवल लेडी जेसिज वर्ष २०२२ को पदस्थापन कार्यक्रममा ज्ञवालीलाई पुरस्कृत गरिएको हो। ज्ञवालीलाई प्रमुख अतिथि प्रा. डा गोविन्द पोखरेल, क्लवका अध्यक्ष अनुपमा श्रेष्ठ लगायतले नगद, सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत गर्नुभएको हो। 


कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता प्रा.डा. पोखरेलले समाज रुपान्तरणका लागि सामाजिक रुपमा स्थापित क्लवको भूमिका अहम रहने बताउनुभयो।कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष चन्द्रमणि भुसाल, भिम कुँवर, बुटवल लेडी जेसिजका संस्थापक अध्यक्ष रेखा शर्मा कट्टेल, निर्वाचन आयुक्त रूपा पाण्डे, पूर्व अध्यक्ष राधिका पोखरेल, राधिका बेल्बासे खनाल, महासचिव संगीता ढकाललगायतले समाज रुपान्तरण र युवा सशक्तिकरणमा जेसिजको भूमिका अहम् रहने बताउनुभयो। 

कमेन्ट गर्नुहोस्