
तिलोत्तमा, पौष ५ गते २०७९।रुपन्देहीको तिलोत्तमा-२ योगिकुटी तपाहा लाइनमा लामो समय देखि बसोबास गर्दै आउनुभएका दयाराम तिवारीको सर्पको टोकाई बाट मृत्यु भएको छ। रुपन्देहीका थुप्रै स्थानमा घरमा पसेका सर्पहरुलाई जिवितै उद्धार गर्दै आएका दयारामले धेरैको घरमा पसेको जस्तोसुकै सर्प निकालेर सेवा गर्दै आउनुभएको थियो।
बिगत २२ बर्ष देखि गाउँ घरका सर्पलाई घर गोठ या कतै देख्दा मानिसहरुले उहाँलाई फोन गरेर बोलाउथे। बेलामै पुगेर मानिसको ज्यान मात्र होइन सर्पको समेत जिवितै उद्धार गर्दै विभिन्न पार्क तथा सर्प बसोबास गर्ने स्थानमा या जंगलमा लगेर छोड्ने उहाँको दैनिकी नै हुन्थ्यो। स्थानिय बिष्णु भट्टराईका अनुसार सर्प आउदा हामीलाई पहिले डर लाग्थ्यो तर पछिल्लो समय दयाराम गाउँमा भएपछी सर्प प्रति मार्ने आक्रोस हुन्थेन, सर्प आफैमा बिषालु भएपनि मार्न हुन्न भन्ने लाग्थ्यो। तर, हामि सबैको ज्यान बचाएका दयारामको सर्पकै टोकाईबाट ज्यान जान्छ भन्ने लागेको थिएन।गाउँमा मिलनसार रहेका दयारामले सर्प समातिदिने र उद्धार गर्ने बाहेक आफ्नै अटो संचालन गरि आएका थिए। उनको जिबिका भनेकै अटो थियो तर अटोमै बसेर घरघरका सर्प निकाल्न पुग्थे उनी, दुखेसो पोख्दै स्थानिय जागृति युवा क्लबका अध्यक्ष बिदुर केसीले बताए।
पर्वतबाट २५ बर्ष अगाडी रुपन्देही झरेका सर्पका राजा दयाराम सफल सर्प रेस्क्यु गर्ने व्यक्तिका रुपमा चिनिएका थिए। सर्पको टोकाईबाट बेहोस उनको उपचारको क्रममा आज मृत्यु भएको स्थानिय धनपती पौडेलले बताए। घर नजिकै रहेका उनलाई सोमबार (हिजो) साँझ ५ बजेतिर हातमा टोकेको थियो। उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल लगिएको उनको गए राती निधन भएको थियो। दिबंगत दयाराम तिवारीका तिलोत्तमा-२ तपाहमा २ छोरा १ छोरी र श्रीमती रहेका छन्। तिलोत्तमा सिटी न्युजको तर्फबाट दिबंगत तिवारीलाई हार्दिक श्रद्धान्जली एबम परिवारजनमा हार्दिक समबेदना !!
ल हेर्नुस दयाराम तिवारीको सर्प समात्ने कला :
कमेन्ट गर्नुहोस्