
तिलोत्तमा,२०७९ पौष १ गते । रुपन्देहीको तिलोत्तमा १ मा टोल बिकाश माईनोट लेखन, नेतृत्व बिकाश , उद्घोषण २ दिने तालीम सम्पन्न भएको छ । तिलोत्तमा- १ का वडा अध्यक्ष फर्सुराम गीरीको अध्यक्षता तथा तिलोत्तमा- १ का टोल बिकाशका सन्जाल उपाध्यक्ष डिल्लीराज कडेलको स्वागतमा कार्यक्रम सुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालीकाका प्रमुख रामकृष्ण खाणंले बिकाशको गति तिलोत्तमाले समातेको भन्दै त्यसमा टोल बिकाशको भुमिका महत्वपुर्ण रहेको दावि गर्नु भयो । उहाले नगरपालीकाले वडा वडामा रहेका टोलका कार्यक्रमहरुलाई सम्बोधन गर्दै जाने बताउनु भयो ।
तिलोत्तमा नगरपालीकाका उप प्रमुख जगेश्वर देवी चौधरीले टोल बिकाश सस्था भनेको नगरका आधारभुत खम्बा रहेको बताउनु भयो । टोल बिकाश संस्थाका नगर कार्यबहाक अध्यक्ष टोपलाल खनाल , तिलोत्तमा-१ का सदश्य गीता पान्डेले टोलटोललाई समय अनुसारको तालीम आएको भन्दै ब्यवहारमा परिर्बतन गर्न आग्रह गर्नुभयो ।
तिलोत्तमा नगरपालीकाका वरिष्ठ सामाजिक बिकाश परिचालक तथा मेड्पा फोकल पर्सन अल्पा घिमिरेको सन्चालनमा भएको तालीमको टोल बिकाश संस्थाका नगर कार्यबाहक अध्यक्ष टोपलाल खनाल र प्रकाश गौतमले सहजीकरण गर्नु भएको थियो । वडा नम्बर १ का १९ टोलका ६० जना भन्दा बढी सहभागी भएको सो तालिमले कार्ययोजनामा सम्पन्न भएका विभिन्न खाले कार्यक्रमको अभिलेख राख्न र कार्यालय व्यवस्थापन गर्न सहज हुने तिलोत्तमा नगरपालीकाका वरिष्ठ सामाजिक बिकाश परिचालक तथा मेड्पा फोकल पर्सन अल्पा घिमिरेले बताउनुभएको छ।
कमेन्ट गर्नुहोस्