
तिलोत्तमा,२०७९ पौष १ गते । लुम्बिनी विशिष्टिकृत सहकारी संघ लि.को तेस्रो साधारण सभा तिलोत्तमाको पश्चिम पहुनीमा सम्पन्न भएको छ।सो कार्यक्रममा तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाणले सहकारीले युवालाई संगठित गर्ने र संगठित युवालाई सिपमुलक तालिम दिएर जागरुक बनाउन जरुरी रहेको बताउनु भएको छ । उद्योग व्यापार प्रबर्धन गर्न सहकारी मार्फत युवाहरुलाई स्वरोजगार र आत्मनिर्भरतामा परिचालन गर्नुपर्ने उहाँको भनाई थियो।
कार्यक्रममा लुम्बिनी सहकारी बोर्ड्का उपाध्यक्ष टिकाराम पोख्रेलले स्थानीय सरकार , प्रदेश सरकार र समुदाय मिलेर सहकारी अभियानलाई सफल पार्न जरुरी रहेको बताउनुभयो । त्यसो त सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका संचालक तथा विशिष्टिकृत सहकारीका परामर्श संयोजक भिम तुलाचनले सहकारीलाई सकारात्मक हिसाबले अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा कृषि तथा पशुपंछी मन्त्रालयका निमित्त अनिल मरासिनीले ६५ प्रतिशत कृषि प्रणालीमा आधारित रहेको बताउनु भएको छ । सो अवसरमा UHT दुग्ध प्रशोधन परियोजना स्थल ती न पा-६ पश्चिम पहुनीमा निर्माण कार्य भैईरहेको जानकारी अध्यक्ष डा खगराज शर्माले जानकारी दिनु भएको छ ।
कार्यक्रममा तिलोत्तमा-६ का अध्यक्ष गणेश पाठक , उधमशिल विज्ञ मुकुन्द ज्ञवाली, द्रोण भुसाल लगायतले संस्थाको प्रगती र सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा अध्यक्ष डा खगराज शर्मा, उपाध्यक्ष ज्ञानु पौड्याल, सचीव गोपाल पौड्याल, कृष्ण प्रसाद नेपाल लगायतले बोल्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्