लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा रक्तदाता समाजको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

IMG

तिलोत्तमा,२०७९ पौष १ गते । तिलोत्तमा रक्तदाता समाज को दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ। समाजले शुक्रबार तिलोत्तमा नगरपालिकाको सुनगाभा रिसोर्टमा बिशेष कार्यक्रमको आयोजना गर्दै दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको हो। तिलोत्तमानगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख अतिथ्यतामा सम्पन्न सो साधारण सभाले गोबिन्द बन्जाडेको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ। 


वार्षिक साधारणसभा तथा अधिबेशनको अवसरमा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ संस्थाले गर्दै आएको मानवीय कार्यको प्रशंशा गर्दै सो कार्यलाई निरन्तरता दिन आग्रह गरे । निस्वार्थ मानवीय सेवामा लागेको रक्तदाता समाजले आगामी दिनमा सेवालाई थप फराकिलो बनाउन मेयर खाणले सुझाब दिए ।


कार्यक्रमका अवसरमा समाजका अध्यक्ष गोविन्द बन्जाडे, तिलोत्तमा वडानम्बर ५ का अध्यक्ष रमेश डुम्रे, वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, वडा नम्बर १० का अध्यक्ष गोपाल घिमिरे, तिलोत्तमा-७ का अध्यक्ष देवी प्रसाद पंगेनी लगायतले बोल्दै नव निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिदै मानवीय सेवा तथा सामाजिक क्रियाकलापलाई थप सक्रिय भएर अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए ।समाजले निकट भविष्यमै रक्तदान सम्बन्धि बिशेष कार्यक्रम लिएर टोल टोलमा पुग्ने समाजका सदस्य दिपक तिमिल्सिनाले बताउनुभयो। 




कमेन्ट गर्नुहोस्